Skip to content
LAXMI SUNRISE BANK

दशैँपछिको पहिलो कारोबार दिन ४.३४ अंकले घट्यो नेप्से

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४१ कम्पनीको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रो लिमिटेडको भएको छ । यस कम्पनीको २३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा बेनी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, चिरख्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK