काठमाडौँ । सवारी दुर्घटनामा मृत्यु भएर परिवारले अन्तिम दाहसंस्कार गरिसकेका व्यक्ति जिउँदै घर फर्किएको घटना सार्वजनिक भएको छ । मोरङको लेटाङ नगरपालिका-५ खेरुवाका ३७ वर्षीय पदमबहादुर राई घर फर्किएका हुन् ।
राईको सवारी दुर्घटनामा परेर उपचारका क्रममा मृत्यु भएको भनेर परिवारले दाहसंस्कार गरिसकेको थियो । तर, उनै राई अचानक घर फर्किएपछि घटनाले नयाँ मोड लिएको छ ।
भएको के हो ?
बराहक्षेत्र नगरपालिका-४ स्थित चतरा-पकली सडकखण्डमा गत जेठ २६ गते मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री घाइते भएका थिए ।
घाइते भएका ती व्यक्तिलाई उपचारका लागि विराट टिचिङ अस्पताल पुर्याइएको थियो । तर, उपचारका क्रममा उनको गत जेठ २७ गते मृत्यु भएको थियो । उपचारका क्रममा मृत्यु भएका ती व्यक्तिको शव कोशी अस्पतालको शवगृहमा राखिएको थियो ।
मृतकको पहिचान हुन नसकेपछि प्रहरीले सार्वजनिक सूचना नै जारी गरेर मृतकका आफन्तलाई सम्पर्कमा आउन अपिल गर्यो । सोही सूचना देखेपछि पदमबहादुरकी आमा प्रहरीमा पुगिन् ।
शव हेरेपछि सो शव आफ्नै छोरा (पदमबहादुर)को भएको भन्दै उनले सनाखत गरिन् र प्रहरीले आवश्यक कागजी प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगायो । आफन्तले शवको अन्त्येष्टि गरे । यतिसम्म कि आफन्तले पदमबहादुरको नाममा गरिएको दुर्घटना बीमाबापतको रकमसमेत लिइसकेको थियो ।
तर, मृतक पदमबहादुर अचानक घर फर्किएका छन् । परिवारले दाहसंस्कार नै गरिसकेका पदम घर फर्किएको मोरङ प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार मृतक भनेर दाहसंस्कारसमेत गरिसकेको व्यक्ति अचानक घर फर्किएपछि घटनाबारे पुनः अनुसन्धान अघि बढेको छ ।
माघदेखि गायब थिए पदम !
यसो त मृतक भनेर परिवारले अन्तिम दाहसंस्कार गरेका पदम २०८२ माघदेखि सम्पर्कविहीन थिए । परिवारलाई थाहा नै नदिई घरबाट हिँडेर भारत पुगेका उनी त्यसयता घर फर्किएका थिएनन् ।
परिवारको सम्पर्कमा नरहेका पदमसँग अनुहार मिल्ने व्यक्तिको सूचना प्रहरीले सार्वजनिक गरेपछि आफ्नो छोरोजस्तै मानेर पदमकी आमाले शवको सनाखत गरेको हुनसक्ने प्रहरीले शंका गरेको छ । यद्यपि उक्त विषयमा थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्