Skip to content
LAXMI SUNRISE BANK

६३ महिनामा पनि काम नभएपछि मेची करिडोरको ठेक्का सम्झौता अन्त्य, मन्त्री लम्सालले भने- ‘अलपत्र ठेक्का अब चल्दैन’

अर्थ सरोकार

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मेची करिडोर अन्तर्गत बेलासे-गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक खण्डको ठेक्का सम्झौता अन्त्य गरिएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै उनले इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने महत्त्वपूर्ण वैकल्पिक सडकको निर्माणमा ढिलाइ भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको जानकारी दिएका हुन् । उनले भने, ‘वर्षौंसम्म अलपत्र ठेक्का अब चल्दैन !’ 

२०७८ असार २९ गते २७ करोड २२ लाख रुपैयाँ (भ्याटसहित) मा सम्झौता भएको उक्त सडक खण्डको निर्माण २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । तर, पटक-पटक म्याद थप गरी कुल ६३ महिनाको समय उपलब्ध गराउँदासमेत सडकको वित्तीय प्रगति ४५.२८ प्रतिशत र भौतिक प्रगति करिब ४७ प्रतिशत मात्रै भएको मन्त्री लम्सालले बताएका छन् ।

अधुरो सडक निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का सहमति जुटाएर नयाँ ठेक्का प्रक्रिया शीघ्र अघि बढाइने उनले जानकारी दिएका छन् ।

‘अब अलपत्र ठेक्का तोडिनेछन्, नयाँ प्रक्रियाबाट अघि बढ्नेछन् ।’, मन्त्री लम्सालले भने ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK