Skip to content
LAXMI SUNRISE BANK

धनतेरसको दिन सुनको मूल्य ५ हजार ९ सय रुपैयाँले घट्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५९०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ हजार ९ सय रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ११० रुपैयाँले घटेर प्रतितोला ३८१० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK