काठमाडौं । भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले ‘आजको समस्या, आजै फिक्स’ सेवा सुरु गरेको छ । यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन् ।
ग्राहकको समस्याको प्रकृतिअनुसार भायानेटले रिमोट सपोर्टमार्फत वा आवश्यक परे प्राविधिक टोली ग्राहकको घरमै पठाएर समस्या समाधान गर्नेछ ।
ग्राहक सेवामा विशेष प्राथमिकता दिँदै आएको भायानेटले यस सेवामार्फत इन्टरनेटमा समस्या आउँदा ग्राहकले लामो समय कुर्नुपर्ने अवस्थालाई कम गर्दै छिटो, सहज र भरपर्दो सेवा अनुभव प्रदान गर्ने विश्वास लिएको छ ।
प्राविधिक सहयोगका लागि ग्राहकहरूले भायानेटको सपोर्ट नम्बर ०१-५९७०४४४ मा सम्पर्क गर्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्