Skip to content
LAXMI SUNRISE BANK

यती एयरलाइन्सबाट बिदा भए सापकोटा, सिइओको जिम्मेवारीलाई विष्टलाई

अर्थ सरोकार

काठमाडौँ । यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बाट सुवास सापकोटा बिदा भएका छन् । कम्पनीलाई ग्राहकमाझ विश्वासिलो रुपमा खडा गर्दै र वित्तीय रुपमा पनि सबल बनाएर उनी सिइओबाट बिदा भएका हुन् । 

सापकोटाले यती एयरलाइन्समा ३ वर्ष १ महिना सिइओको कार्यकाल सम्हालेका थिए । 

आफ्नो कार्यकालमा कम्पनीलाई व्यवसायिक रुपमा उल्लेख्य गति दिएका सापकोटाले कम्पनीमा रहेका अनावश्यक खर्च समेत कटौती गरेका थिए । त्यही कारण पनि सापकोटाको कार्यकालभर कम्पनीको वित्तीय अवस्था सुध्रिएको हो ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका उनले पुराना कर्मचारीलाई अवकाशदेखि कर्मचारीलाई तालिम लगायतका प्याकेज दिएर प्रोत्साहन गरेका थिए । 

सिइओबाट सापकोटा बिदा भएसँगै यति एयरलाइन्समा सिइओको जिम्मेवारी युवराज विष्टले सम्हालेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK