Skip to content
LAXMI SUNRISE BANK

सार्वजनिक स्थलमा ‘डिजे’ बजाएर ‘डिस्टर्ब’ गर्ने ५ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । सार्वजनिक स्थलमा ठूलो आवाजमा डिजे बजाउने ५ जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१७ केहुनिया बर्वास्थित तिलावे पुलको छठघाटमा ठूलो आवाजमा डिजे बजाएर अशान्ति फैलाएको भन्दै प्रहरीले ५ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पर्साका रोशन पटेल, चन्दन पटेल र पृथ्वी कार्की तथा बाराका दिनेश पटेल र मञ्जुर हवारी रहेका छन् । 

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई कानुनबमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK