काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी मागेको छ । राष्ट्र बैंकले सहायक निर्देशकदेखि सहायकसम्मका पदमा ६१ जना कर्मचारी मागेको हो ।
खुला परीक्षाबाट पदपूर्ति गर्न राष्ट्र बैंकले विज्ञापन खुलाएको छ । एक सूचना सार्वजनिक गर्दै राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक पदमा २६ जना कर्मचारी मागेको छ ।
त्यस्तै, राष्ट्र बैंकले लेखा/लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीकै सहायक निर्देशक पदमा ३ जना, वाणिज्य कानुनतर्फको सहायक निर्देशक पदमा २ जना र सूचना प्रविधितर्फको सहायक निर्देशक पदमा ४ जना कर्मचारी मागेको छ ।
यता सोही सूचना मार्फत राष्ट्र बैंकले सहायक द्वितीय श्रेणी अन्तर्गतको सहायक पदमा २६ जना कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले माग गरेका पदमा इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले राष्ट्र बैंकको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्