Skip to content
LAXMI SUNRISE BANK

‘मलेसिया रोजगारी’का नाममा ठगीः पूर्वमुख्यसचिवविरुद्ध पनि पक्राउ पुर्जी जारी !

अर्थ सरोकार

काठमाडौँ । मलेसिया जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिवविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एक अधिकारीले पुष्टि गरेका छन् । 

ती अधिकारीका अनुसार उक्त प्रकरणमा संलग्नता देखिएपछि अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै अर्याल सम्पर्कविहीन भएको स्रोतले दाबी गरेको छ । 

उक्त प्रकरणमा सीआईबीले पूर्व श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर रायसहित ६ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्ने अन्यमा तत्कालीन श्रम सचिव विनोद केसी, महाशाखा प्रमुख उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK