काठमाडौँ । सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।
अर्याललाई पक्राउ गरिएको पुष्टि गरे पनि सीआईबीले स्रोतले उनलाई कहाँबाट र कुन समयमा पक्राउ गरिएको भन्नेबारे खुलाएको छैन ।
सीआईबी स्रोतका अनुसार मलेसिया जाने श्रमिक ठगी प्रकरणमा संलग्नता देखिएपछि अर्याललाई पक्राउ गरिएको हो । उक्त प्रकरणमा करिब २ अर्ब रुपैयाँ हिनामिना भएको आशंकामा सीआईबीले अनुसन्धान अघि बढाएको छ ।
पूर्व श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर रायसहित ६ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्ने अन्यमा तत्कालीन श्रम सचिव विनोद केसी, महाशाखा प्रमुख उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्