
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ‘गरे के सकिन्न र ?’ यो चर्चित नेपाली उखानलाई किताब यात्राका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत विकेश भट्टराईले पुष्टी गरेका छन् । २३ बर्षको कलिलो उमेरमै उनले पछिल्लो समय अधिकांस पुस्तकप्रेमीको पहिलो रोजाई बनेको कम्पनी लिड गर्ने भएका छन् । हो, अनलाइनमार्फत किताब बेचेर नेपालमा पछिल्लो समय निकै चर्चित भएको कम्पनी किताब यात्रा प्राईभेट लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विकेश भट्टराईलाई नियुक्त गरेको छ । भट्टराईलाई किताब यात्रा प्राईभेट लिमिटेडको सञ्चालक समितिको बैठकले मिति २०७७ साल असार २९ गतेका दिन देखि लागु हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
विकेश भट्टराईको कार्यकालमा कम्पनीले थप उचाई प्राप्त गर्ने कम्पनीले विश्वास लिएको छ । उनले साढे २ वर्ष देखि डेप्युटी सीईओको रुपमा किताब यात्रामा कार्य गरिरहेका थिए । ‘सम्पूर्ण पाठकले किताब पढ्न पाउने वातावरण निर्वाण गर्नु र पठन संस्कृतिको विकासका लागि जति सक्दो काम गर्न पाउनु नै हाम्रो प्रमुख लक्ष्य हुनेछ। हामी अहिले ४५ ठाउँमा ‘क्यास अन डेलिभर’ को रुपमा काम गरिरहेका छौं, यसलाई जति सक्दो धेरै स्थानमा सेवा बिस्तार गर्ने प्रक्रियामा हामी चाडै जानेछौं। समग्रमा भन्दा म किताबप्रेमीहरुलाई न्याय गर्नेछु ।’ नयाँ सीइओ नियुक्त भएकै दिन जन्मदिन परेका विकेश भन्छन्, ‘यसअघिका सीइओ ऋषि राम अधिकारी दाजुले बनाइदिनुभएको बाटोलाई थप फराकिलो बनाउनेछु ।’
ऋषिराम अधिकारीले साढे २ वर्ष सीईओको रुपमा किताब यात्रामा काम गर्दै आएका थिए । उनको राजिनामा पश्चात किताब यात्रा प्रालिको संचालक समितिले विकेश भट्टराईलाई सीईओको रुपमा नियुक्त गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्