×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको सामाजिक कार्य: बाग्मती प्रदेश सरकारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकको सामाजिक कार्य: बाग्मती प्रदेश सरकारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग

Artha Sarokar

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बाग्मती
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि बाग्मती प्रदेश सरकारलाई रु. १० लाख सहयोग गरेको छ ।

आइतबार एक कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धकहरु नारायण प्रसाद पौडल, लक्ष्मण पौडल र दिपेन्द थापाले संयुक्तरुपमा बाग्मती प्रदेश सरकारका माननीय मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरे । 
उक्त कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्री पौडेलले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिन आग्रह गरे । 
कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ । 
बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी