Skip to content
LAXMI SUNRISE BANK

२ हजार ग्राम अवैध सुनसहित एयरपोर्टबाट २ चिनियाँ नागरिक पक्राउ !

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले सुनसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । 

गएराति क्याथे प्यासेफिक एयरलाइन्सको उडानबाट काठमाडौँ आएका उनीहरुको साथबाट २ हजार ३ सय ४८ ग्राम अवैध सुन बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ पर्ने दुवै जना महिला हुन् । शंका लागेर खानतलासी गर्दा उनीहरुको साथबाट अवैध सुन फेला परेको प्रहरीले जनाएको छ । उक्त प्रकरणबारे थप विवरण आउन बाँकी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK