Skip to content
LAXMI SUNRISE BANK

मौसम खुलेसँगै नमोबुद्धबाट देखिए मनमोहक हिमशृङ्खला… (तस्वीरहरु)

अर्थ सरोकार

काभ्रेपलाञ्चोक । मौसम सफा भएसँगै काभ्रेपलाञ्चोकको नमोबुद्धबाट विभिन्न हिमशृङ्खलाको मनमोहक दृश्य देखिएको छ । आकाश खुलेपछि नमोबुद्ध क्षेत्रबाट गणेश, लाङटाङ, जुगल, दोर्जे लाक्पा र गौरीशंकर लगायतका हिमशृङ्खला स्पष्ट रूपमा देखिएका हुन् ।

मौसम सफा हुँदा टाढासम्म फैलिएका सेताम्मे हिमाल र प्राकृतिक सौन्दर्यले नमोबुद्ध क्षेत्रको आकर्षण थप बढाएको छ । विशेषगरी हिमाल अवलोकन तथा प्रकृतिमा रमाउन चाहनेहरूका लागि यो क्षेत्र आकर्षक गन्तव्यका रूपमा रहेको छ ।

ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको नमोबुद्ध बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थलसमेत हो । यहाँको शान्त वातावरण, प्राकृतिक सुन्दरता र हिमाली दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK