Skip to content
LAXMI SUNRISE BANK

४ महिनामा नेपालमा २० अर्ब बढीका स्मार्टफोन भित्रिए, इन्धन आयातमा मात्र ५९ अर्ब विदेशियो !

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो ४ महिनामा नेपालमा २० अर्ब रुपैयाँ बढीका स्मार्टफोन आयात भएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो ४ महिना (साउनदेखि असोज मसान्तसम्म) २० अर्ब ६८ करोड रुपैयाँ बराबरका स्मार्टफोन नेपालमा आयात भएको हो । 

भन्सार विभागले सार्वजनिक गरेको प्रारम्भिक वैदेशिक व्यापार तथ्याङ्कअनुसार यसअवधिमा ल्यापटपमा थप ४ अर्ब २९ अर्ब रुपैयाँ खर्च भएको छ । 

अर्कोतर्फ यो चार महिनामा स्मार्टफोन र ल्यापटपसँगै सुनचाँदी तथा अन्य उपभोग्य वस्तुको आयात समेत उल्लेख्य रुपमा भएको छ । त्यस्तै, यस अवधिमा नेपालबाट इन्धन आयातमा मात्र ५९ अर्ब २८ करोड रुपैयाँ विदेशिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK