Skip to content
LAXMI SUNRISE BANK

बिहीबार १०.८९ अंकले घट्यो नेप्से परिसूचक, बजार २६३६.७५ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १०.८९ अंकले घटेर २६३६.७५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५५ कम्पनीको १ करोड ४७ लाख १० हजार २९८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ४८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालय उर्जा विकास कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, एलएस होराइजन १२ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK