Skip to content
LAXMI SUNRISE BANK

पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको म्याद

अर्थ सरोकार

काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि अनुसन्धान गर्न ४ दिनको म्याद दिइएको छ । काठमाडौँ जिल्ला अदालतले अर्यालमाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई ४ दिनको म्याद दिएको हो ।

योसँगै मलेसिया रोजगारीका नाममा भएको ठगी प्रकरणमा अर्यालमाथि अनुसन्धान गर्न सीर्आइबीलाई बाटो खुलेको छ । 

अर्याललाई सीआईबीले मोरङको विराटनगरस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो । उनीमाथि मलेसिया रोजगारीका नाममा गैरकानुनी रुपमा संकलन गरिएको रकम मलेसिया पठाउने प्रक्रियामा संलग्न रहेको आरोप छ । 

प्रहरीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९.९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८०.८० गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK