Skip to content
LAXMI SUNRISE BANK

एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद

अर्थ सरोकार

झापा । झापाको मेचीनगर नगरपालिका-१ स्थित भालुखोपको जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा १९ हजार ४०० केजी फर्सीको बियाँ बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाबाट खटिएको टोलीले आज दिउँसो बेवारिसे अवस्थामा रहेको ४८५ बोरा फर्सीको बियाँ बरामद गरेको हो ।

गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार बरामद बियाँको अनुमानित मूल्य रु एक करोड १६ लाख ४० हजार रहेको छ । बरामद बियाँ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने प्रक्रिया भइरहेको उहाँले जानकारी दिएका छन् ।

पछिल्लो समय झापाका सीमावर्ती क्षेत्रबाट विभिन्न कृषि उपज तथा अन्य सामग्री अवैध रूपमा भारततर्फ निकासी हुने गरेको पाइएको छ । सोही क्रममा जङ्गल क्षेत्रमा लुकाएर राखिएको फर्सीको बियाँ बरामद भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK