Skip to content
LAXMI SUNRISE BANK

आई पे रेमिट र ई–सेवा बीच डिजिटल कारोबार सम्बन्धी सम्झौता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं– आई पे रेमिट र ई–सेवा बीच डिजिटल कारोबारका लागि सम्झौता भएको छ । आई पे रेमिटको तर्फबाट कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र ई–सेवाका प्रमुख कार्यकारी अधिकृतसुभाष सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

आ.ब. सिस्टम इन्ट्रिग्रेसन पश्चात आई पे रेमिटका ८००० भन्दा बढी भुक्तानी काउन्टरबाट सजिलै ई–सेवा वालेटमा पैसा जम्मा गर्न सकिनुका साथैआई पे रेमिट मार्फत नेपाल भरबाट पठाएको रकम ई–सेवा वालेटबाट सजिलै प्राप्त गर्न सकिने छ । 
यसबाट ग्राहकमा थप सुविधा पुग्ने आई पे रेमिटका बजार प्रमुख रुप नारायण श्रेष्ठले बताए । आई पे रेमिटले मलेशिया, जापानलगाएत विश्वका विभिन्न मुलकबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK