- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा जेठ २८ गते हुने भएको छ । कम्पनीको सभा भर्चुअल माध्यमबाट २८ गते अपरान्ह ४ बजेबाट हुने भएको हो । सभामा कम्पनीले १०% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
कम्पनीले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५% बोनस सेयर र ५% कर प्रयोजन सहित नगद लाभांश वितरण गर्न लागेको हो । आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । यस्तै सभाका लागि कम्पनीले जेठ १४ गते बुक क्लोज गर्नेछ । जेठ १३ गतेसम्म कायम लगानीकर्ताले लाभांश पाउने छन् ।