काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३४९ कम्पनीको १ करोड ५४ लाख २० हजार ९२० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, बेनी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्