
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लकडाउनको कारण समस्यामा परेका पोखराका ५० घरलाई महालक्ष्मी विकास बैंकले ५० हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले चैत्र ११ गतेदेखि देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुले आर्थिक अभाव भोगरिहेको समयमा बैंकको बैंकल न्यूरोड शाखाले पोखरा महानगरपालिका वडा न. ९ सँग समन्वय गरी सहयोग गरेको हो ।
बैंकको न्यूरोड शाखाका प्रबन्धक गणेश आचार्यले पोखरा महानगरपालिका वडा न. ९ का अध्यक्ष रामराज लामिछानेलाई रु. पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्ता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्