
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट २५ मिलियन अमेरिकी डलर पुनः कर्जाको लागी समझदारीपत्रमा हस्ताक्षर गरेको छ। समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के।सी।र आईएफसीका एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन्।

२५ मिलियन अमेरिकी डलरको यस कर्जाले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तिकरणमा सघाउ पुर्याउन सदुपयोग गरिने बताएको छ ।
एनएमबि दुई वर्षको अवधिमा आईएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ। यो वैदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुने समेत बैंकले जानकारी दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्