×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेवाबजार डटकमबाट सपिङ्ग गर्दा १ लाख सम्मको कोभिड-१९ बीमा पोलिसी फ्रि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फेवाबजार डटकमबाट सपिङ्ग गर्दा १ लाख सम्मको कोभिड-१९ बीमा पोलिसी फ्रि

Artha Sarokar

१६ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । फेवाबजार ईकमर्स कम्पनीले उपभोक्ताको पनि कोरोना विमा गरिदिने भएको छ । हेड अफिस पोखरा र कर्पोरेट अफिस काठमाडौंबाट देशैभर डेलिभरीको सेवा दिइरहेको फेवा बजार डटकम ईकमर्सले फेवाबजारबाट सामान खरिद गर्ने ग्राहकहरुको १ लाख बराबरको निःशुल्क कोरोना विमा गरिदिने भएको हो । कोरोना विमा गर्नका लागि न्यूनतम ५ हजारको सामान खरिद गर्नुपर्ने हुन्छ।
कोरोना विमाका लागि सगरमाथा ईन्सुरेन्ससँग सम्झौता भइसकेको फेवाबजार डटकमले जनाएको छ । कोरोनाका कारण विश्व नै आक्रान्त छ, ‘यसलाई रोकथाम र नियन्त्रणसँगै उपचार त गर्नैपर्यो, त्यसका अलावा कोरोना लागिहालेमा थप आर्थिक नोक्सानी नहोस् भन्नका लागि कोरोना विमा गर्ने ब्यबस्था गरिएको हो ।’ सामाजिक उत्तरदायित्व बहनसँगै उपभोक्ताको हित होस् भन्ने उद्धेश्यले कोरोना विमा गरिएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस ९कोभिड–१९०का कारण देशमा लकडाउन जारी रहँदापनि फेवा बजार डटकम ईकमर्सले होम डेलिभरी सेवालाई जारी राखेको जनाएको छ । आफूहरुले उपभोक्ताले अर्डर गरेका अत्यावश्यक सामग्रीहरु घर/घरमै पुर्याईरहेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, दमौली, डुम्रे, बागलुङ, लेखनाथलगायत क्षेत्रका कार्यालयबाटपनि चौविसै घण्टा सेवा निरन्तर उपलब्ध छ ।
फेवाबजारबाट सामान खरिद गर्न फेवा बजारको एप डाउनलोड गरी सेवा लिन सकिने तथा ई–सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने व्यवस्था पनि उपलब्ध छ ।फेवाबजार डटकम ईकमर्समा किस्ताबन्दी ९ईएमआई०मार्फत २० हजारदेखि पाँच लाख सम्मका सामाग्री खरिद गर्न सकिन्छ ।
यसअघी फेवाबजारले आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा कहिले चिनी त कहिले इयर फोन दिदै आएको थियो । त्यस्तै फेवाबजारले हरेक महिनाको ५ गतेदेखि १७ गतेसम्म विभिन्न अफरसमेत दिदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी