- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आइएमई लिमिटेडले “आइएमई गराैँ घरमै १ लाख जितौँ” भन्ने उपहार कार्यक्रम सार्वजनिक गरेकाे छ । कम्पनीले कोरोना भाइरस (कोभिड ( १९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि “आइएमई घरमै– रू. १ लाख जितौं” भन्ने उपहार कार्यक्रम योजना प्रस्तुत गरेको हाे ।
सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिटेन्स वा विदेशबाट आएको रेमिटेन्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भए तापनि हाल बाहिर निस्किँदा संक्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएकाे छ ।
यस अन्तर्गत यही जेठ ३१ गतेबाट सुरू गरिएको “आइएमई घरमै” उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रूपैयाँ प्रदान गरिनेछ । त्यसैगरी, हरेक हप्ता ५ जनालाई जनही ५ हजार रूपैयाँ प्रदान गरिनेछ । सेवाग्राहीमुखी यो योजना असारको अन्त्यसम्म मात्र लागू गरिएको छ ।
त्यस्तै, स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रूपैयाँ बोनस स्वरूप प्राप्त गर्न सकिनेछ । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्