
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेयर कारोबार असार ४ गतेसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले असार ४ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । नेप्सेले नियामक नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार बजार नखोल्ने निर्णय गरिएको बताएको हो ।
नेप्सेले जारी गरेको सुचनामा भनिएको छ ‘नेपाल धितोपत्र बोर्डको असार ३२ गतेको पत्र अनुसार जेठ १ को पत्रअनुसार नेपाल सरकारले लकडाउन अवधिभर धितोपत्रको दोस्रो बजार कारोबार साविक बमोजिम स्थगन गर्ने व्यवस्था मिलाउन निर्देशन प्राग्त भएकोले नेप्से सञ्चालक समितिको जेठ ३२ मा बसेको बैंठकले २०७७ असार १ देखि ४ गतेसम्म धोतोपत्रको कारोबार स्थगित गरीएको छ ।’
यसअघि जेठ ३२ गते सम्मका लागि सेयर कारोबार बन्द गरिएको थियो । यता लगानीकर्ताहरुले आफ्ना मागहरु पूरा गरेर मात्र बजार खोल्न माग गरिरहेका छन् । माग पूरा नभए कडा आन्दोलनमा उत्रिनेसमेत उनीहरुको भनाई छ । जस कारण बोर्डले ४ दिनका लागि कारोबार बन्द गर्न निर्देशन दिएको नेप्सेले जनाएको छ । अर्को साता अर्थात् ७ गतेबाट बजार खोल्ने तयारी नेप्सेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्