×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार खुलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेयर बजार खुलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता !

Artha Sarokar

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सर्वोच्च अदालतमा सेयर बजार खुलाउनु पर्ने माग राख्दै रिट दर्ता भएको छ । अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले दोस्रो बजारमार्फत कारोबार हुने धितोपत्र बजारको कारोबार नियमित गर्न माग  राख्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
ऐनमा ५ दिनभन्दा बढी बन्द गर्न नमिल्ने भनिएपछि करिब साढे दुई महिनादेखि कारोबार बन्द भएको भन्दै निवेदनमा अरु व्यवसाय र उद्योग खुल्दासमेत अनलाईनबाट सञ्चालन हुने सेयर कारोबार बन्द राख्नु उचित नभएको उनीहरुको दावी छ । सेयर कारोबार पूर्णरुपमा ‘डिजिटल’ भइसकेको र अनलाईन सिस्टमबाट हुने भन्दै निवेदनमा त्यसले कोरोना संक्रमणको जोखिम नपारे पनि अनेक बाहनामा लामो समय बन्द गरिनु नाजायज हुने निवेदनमा उल्लेख छ । 
हाल सेयर कारोबार असार ३२ गतेसम्मको लागि बन्द छ । उक्त म्याद पर्सि अर्थात् आइतबार सकिँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी