×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहक सदस्यहरुको कर्जा मिनाहा, काजक्रिया खर्च तथा आगलागी राहत वितरण गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयहरुबाट कुल जम्मा २ लाख २७ हजार ७ सय ९७ रुपैयाँ कर्जा मिनाहा तथा राहत वितरण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।
साना तथा लघु बैंकिङ विभाग अन्तर्गत यस बैंकमा नियमित रुपमा कारोवार गर्दै आएका ग्राहक सदस्यहरुलाई लगानी गरेको कर्जा रकम ग्राहकहरुले कर्जा संचालन गरिरहँदा सदस्यको मृत्यु तथा संरक्षकको मृत्यु र सदस्यको परियोजनामा आगलागी भई क्षती भएको हँुदा बैंकले छुट्टाछुटै कार्यालयहरुबाट उक्त राहत वितरण गरेको हो ।
यस बैंकको शाखा कार्यालय सल्यानटार, धादिङबाट लघु कर्जा लिएका कैली दमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघु कर्जा लिएका कान्छी मर्हजनको असमायिक निधन भएको हुँदा नीजले उपभोग गर्दै आएको कर्जाको साँवा र व्याज तथा काज क्रिया रकम क्रमशः १ लाख ८ हजार ७ सय १७ रुपैंया र १ लाख १४ हजार ८० रुपैयाँ मृतककै घरमा गई प्रदान गरेको छ ।
यसैगरी, बैंकको ग्राहक सदस्य धुनिवेसी ७, खानीखोलाकी दुर्गा भण्डारीको श्रीमानको असमायिक निधन र टोखा २, बानियाटारकी मैया बानीयाको श्रीमानको असमायिक मृत्यु भएको हुँदा काज क्रिया खर्च वापत ५ हजार रुपैयाँ प्रति सदस्य राहत प्रदान गरेको बैंकले जनाएको छ ।
यसैगरी, बैंकको शाखा कार्यालय धार्के, धादिङबाट लघु कर्जा लिएका राधाकृष्ण कार्कीले संचालन गर्दै आइरहेको कुखुरापालन परियोजना आगलागी भै क्षति पुग्न गएको हुँदा निज सदस्यको परियोजनाको स्थलगत निरिक्षण गरि राहत स्वरुप ५ हजार रुपैयाँ राहत वितरण गरेको छ ।
विषम परिस्थितीको यो समयमा पनि बैंकका कर्मचारीहरुले सामाजिक तथा भौतिक दुरी कायम गर्दै ग्राहकहरुलाई स्थलगत रुपमा नै उपस्थित भै कर्जा मिनाह तथा राहत वितरण गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी