
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लकडाउनको समयमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १३ करोड ११ लाख ५९ हजार २ सय ९५ रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । लकडाउनको करीब तीन महिनाको अवधीमा कम्पनीले सो मात्राको दावी भुक्तानी गरेको कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठले बताएका हुन् ।

यसै सन्दर्भमा हालै कम्पनीले बीमित यति प्लाष्टिक ईण्डष्ट्रिज प्रा.ली.लाई ३ करोड ६७ लाख ५० हजार रुपैयाँ तथा ओम प्लाई उड एण्ड फर्निचर ईण्डष्ट्रिज प्रा.ली.को १ करोड ५९ लाख रुपैयाँ बराबरको दावीहरु फर्छयौट गरि दावी रकमको चेक हस्तान्तरण गरेको छ ।
आर्थिक वर्ष २०७५/२०७६ मा कूल १ अर्ब १६ करोड १३ लाख ९८ हजार १८७ रुपैयाँ दावी भुक्तानी गरेको थियो भने आर्थिक वर्ष २०७६/२०७७ हाल सम्मको अवधिमा ७९ करोड २ लाख ८ हजार ६३९ रुपैयाँ दावी भुक्तानी गरेको छ ।
विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) संक्रमणको कारण सृजित असामान्य परिस्थितिले सामाजिक, आर्थिक कृयाकलापलाई दिर्घकालिन असरमा पुर्याई रहेको परिप्रेक्ष्यमा सिद्धार्थ इन्स्योरेन्स बीमा दावी भुक्तानी गर्न तर्फ केन्द्रित रहेको छ ।
यस विषम परिस्थितिमा समेत बीमित आकांक्षा अनुरुपको बीमा सेवा प्रदान गर्ने लक्षका साथ नेपाल सरकारले तोकेको मापडण्ड अनुरुप सुरक्षात्मक विधि अपनाई लकडाउनको समयमा सिमित कर्मचारीहरुद्धारा सामाजिक तथा भौतिक दूरी कायम गर्दै कार्यालय सञ्चालन गरि बीमा दावी फर्छयौट कार्यलाई उच्च प्राथमिकता साथ सम्पन्न गरि दावी रकम भुक्तानी गर्दै आएको उप प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिएका छन् ।
बीमितको हितलाई केन्द्रविन्दुमा राखेर बीमा दावीको भुक्तानी गर्ने लक्ष्य रहेको र बीमा दावी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्शी बनाउने तर्फ कम्पनी प्रतिवद्ध रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्