
अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नबिल बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्ना ग्राहकको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवं सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै ‘नबिल गेन-एन अकाउन्ट (Nabil Gen-N Account)’ सञ्चालनमा ल्याएको छ।

यो योजना ग्राहकमाझ सहज तथा सरल बैंकिङको अनुभूति गराउने उद्देश्यले आफ्नै घरमा बसेर खाता खोल्न सकिने आकर्षित ब्याजसहितको सुविधा सम्पन्न बचत खाता हो । यसमा थुप्रै प्रविधिमैत्री सेवाहरु जस्तै– मोबाइल बैंकिङ, भाइबर बैंकिङ, अनलाइन कारोबार र डेबिट कार्ड, क्रेडिट कार्ड, एनटीसीरएनसेल २ जीबी डाटा प्याकेज निःशुल्क जारी गरिएको बैंकले जनाएको छ।
‘हाम्रो समुदायमा घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्यय भार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारका क्रममा नै केही आर्थिक सहयोग समयमै पु¥याउने उद्देश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षणसहित नबिल बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधासमेत प्रदान गर्ने सहर्ष जानकारी गराइन्छ’ बैंकले भनेको छ।
‘Nabil Gen-N Account’ नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको बैंकले स्पष्ट पारेको छ। ‘१८ वर्षमाथिका नेपाली नागरिकले उक्त खाता खोलि यसको लाभ लिई ढुक्क हुन सक्ने छन्’, बैंकले भनेको छ, ‘यो योजनाले डिजिटल बैंकिङमा नयाँ युगको सुरुआत गर्नेमा नबिल बैंक बिश्वस्त छ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्