
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अव बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कार्यालय जान लागि पास नचाहिने भएको छ । नियमन निकाय नेपाल राष्ट्र बैंकले ट्राफिक प्रहरीसँग कुरा गरेर यस्तो व्यवस्था गरेको हो । सोही अनुसार अव बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आफु कार्यरत संस्थाको परिचयपत्र देखाएर कार्यालय जान पाउनेछन् ।
यसअघि भने राष्ट्र बैंकले जारी गरेको पास बोकेर मात्रै बैंक तथा वित्तीय संस्थाका कर्मचारी कार्यालय जान आउन पाउँथे । तर पछिल्लो २ दिनदेखि परिचयपत्र बोकेर हिँड्ने कर्मचारीहरुलाई पनि प्रहरीले छाड्न थालेको छ ।
यसो त आज जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि उपत्यकाका लागि जारी गरेको निलो रंगको पास अव नवीकरण गर्नु नपर्ने जनाएको छ । प्रशासनले मंगलबार सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास लकडाउनभर मान्य हुने जनाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्