×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकले ल्यायो नयाँ सुविधा, अव घरबाटै अनलाइनमार्फत खाता खोल्न सकिने

LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकले ल्यायो नयाँ सुविधा, अव घरबाटै अनलाइनमार्फत खाता खोल्न सकिने

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी विकास बैंकले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ । विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)का कारण सृजित असहज परिस्थितिमा ग्राहक वर्गको सुविधालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
बंैकले सञ्चालनमा ल्याएको यस सेवाबाट महालक्ष्मी विकास बैंकमा खाता खोल्न चाहने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरुले कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै अनलाइन खाता खोल्नका लागि आवेदन दिन तथा खाता खोल्दा आवश्यक कागजात सजिलै पेस गर्न सकिने व्यवस्था रहेको छ ।
महालक्ष्मी विकास बैंकको वेभसाइट मार्फत महालक्ष्मी अनलाइन सेभिङ्ग देशभर रहेका १०२ वटा शाखाबाट सजिलै खाता खोल्न सकिने छ । अनलाइन खाता खोलेपछि ग्राहकको खाता नं र आवश्यक जानकारी फारममा उल्लेख गरेको इमेल ठेगानामा पठाइनेछ ।
खाता खोल्न बैंकसम्म पुग्न नपर्ने र समयको बचतसँगै ग्राहकहरुले घरबाट नै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा प्रयोग गर्न सक्नेछन् । साथै, बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई लकडाउनको नियमपालना गरी घर भित्रै बसेर विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी