
- अर्थ सरोकार सम्बाददाता
महेन्द्रनगर । लकडाउनको समयमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले बीमा दावी वापत ४ लाख १५ हजार २ सय रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले प्रदेश न ७, कंचनपुर, बेदकोट न. पा. वडा न. ३ निवासी बीमित स्व. मोहन चौधरीकी धर्मपत्नी सरिता चौधरीको बैंक खातामा उक्त रकम जम्मा गरिदिएको हो ।
लकडाउनका कारण कुनैपनि दाबी भुक्तानी कार्यक्रमको आयोजना गर्न नमिल्ने हुनाले ई-बैंकिङ सेवा प्रयोग गरी सिधैं निजको बैंक खातामा जम्मा गरेको कम्पनीले जनाएको छ ।
बीमितले २२ महिना अगाडी मात्र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा २ लाख रुपैयाँको बीमा गरेका थिए भने बीमितले अहिलेसम्म जम्मा २ किस्ता गरी ३२ हजार ४ सय ९० रुपैयाँ कम्पनीलाई बुझाएका थिए । बीमितको मोटरसाईकल दुर्घटनाका कारण २०७७ साल्, जेठ ५ गते निधन भएको थियो । श्रोत अनुसार बीमितको परिवारमा उनको श्रीमती र दुई नाबालक छोराहरु छन् ।
कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य सामाजिक कार्य गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उल्लेख गरेका छन् ।
उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनुपर्नेमा जोड दिए । उनले कम्पनीमा रहेका बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालालाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिवद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताए । साथै, कोरोना भाइरसले गर्दा निम्तिएको यस बिषम पेरिस्थितीमा सबैलाई सावधान र सुरक्षित रहन सुझाव दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्