×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल दूरसञ्चार प्राधिकरणको कोषमा सरकारको हस्तक्षेप, कोषको रकम अब सरकारले नै चलाउने

LAXMI SUNRISE BANK

नेपाल दूरसञ्चार प्राधिकरणको कोषमा सरकारको हस्तक्षेप, कोषको रकम अब सरकारले नै चलाउने

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले दूरसञ्चार नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणको कोषमा हस्तक्षेप गरेको छ । प्राधिकरण स्वायत्त निकाय भएपनि दूरसञ्चार सेवा प्रदायकको विभिन्न शुल्क जम्मा हुने कोषको रकम अब सरकारले नै चलाउने भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले प्राधिरकणको कोषमा रहने वाषिर्क बजेटबाहेकको अतिरिक्त रकम सरकारी कोषमा जाने व्यवस्था गरिएको छ । आर्थिक विधेयकमा सरकारले प्राधिकरणको कोषमा जम्मा भएर खचए नभए र हुन सनसक्ने रकम हरेक वर्ष संघीय सरकारको सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको हो । यो विधेयकले दूरसञ्चार ऐनलाई नै संशोधन गर्दै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक कम्पनीको अनुमतिपत्र दस्तुर, त्यसको नवीकरण, संसोधन, बिक्री तथा हक हस्तान्तरणबाट आउने रकमलाई सरकारी कोषमा जाने व्यवस्था गरेको हो ।
विधेयकमा प्राधिकरणले स्वीकृत गरेको वाषिर्क कार्यक्रमको लागि छुट्याइएको रकम र सोको ५० प्रतिशतले हुन आउने बाहेकको रकम प्रत्येक वर्ष असार २५ गतेभित्र संघीय संचित कोषमा दाखिला गर्नुपर्ने उल्लेख छ । राजस्व लक्ष्य भेट्टाउन नसकेपछि सरकारले विगत २ वर्षदेखि नै प्राधिकरणको बजेट कोषमा जम्मा गर्न लगाउँदै आएको छ । यो वर्षमात्रै १६ अर्ब रुपैयाँ सरकारले प्राधिरकणबाट खिचेको छ । यो कार्य कानून नभएको भन्दै आलोचना भएपछि सरकारले आर्थिक ऐनम यसलाई व्यवस्था गर्न लागेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी