×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ५० करोड ६६ लाख रुपैयाँ नाफा कमाउन सफल

PRIME CA

नेपाल लाइफ इन्स्योरेन्सद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ५० करोड ६६ लाख रुपैयाँ नाफा कमाउन सफल

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ८.३६% ले बढी हो । यसमा कम्पनीले बिमांकीय मूल्यांकनपछि प्राप्त हुने मुनाफा भने गणना गरेको छैन । 
वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ९६ पैसाले घटेर ९ रुपैयाँ ३८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ९२ पैसा रहेको छ । यस्तै कम्पनीको रिजर्भ कोष पनि ५८.८८% ले घटेर १ अर्ब १२ करोड ३४ लाख ३६ हजार रुपैयाँ कायम भएको छ । 
कम्पनीको बिमा कोषको आकार ३२.२५% ले बढेर १ खर्ब ७ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क पनि ३५.४९% ले बढेर २४ अर्ब ९५ करोड भन्दा बढी पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: