×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया क्यापिटलले ल्यायो संस्थागत परामर्श सेवा संचालनमा

LAXMI SUNRISE BANK

एनआईसी एशिया क्यापिटलले ल्यायो संस्थागत परामर्श सेवा संचालनमा

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत क्यापिटलले नवीनतम ज्ञान, सीप र क्षमता भएका आविष्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थाहरुलाई निजहरुको योजना अनुरुपको व्यवसाय सफल पार्न परामर्श दिने, थप अध्ययन तथा अनुसन्धान गरी व्यवसायीक योजना तयार गरिदिनेछ ।
यसका साथै, नेपाल सरकारले हालै जारी गरेको नवप्रवर्तनीय कार्यको प्रस्ताव सम्बन्धी शर्त, आवश्यक कागजात तथा माग गरे बमोजिमको विवरण अनुरुपको व्यवसायीक योजना समेत तयार गरिदिने छ । यस प्रकारको संस्थागत परामर्श सेवाले हाल कायम बन्दाबन्दीको कारणले गर्दा आफ्नो व्यवसायीक योजना बनाउन समस्यामा परेका व्यक्ति तथा संस्थाहरुलाई उहाँहरुको ज्ञान, सीप तथा क्षमता अनुसारको व्यवसायीक योजना तयार गर्न, नेपाल सरकारले उपलब्ध गराउने अनुदान तथा अन्य आवश्यक सुरुवाती पुँजी जुटाउन समेत महत्वपूर्ण सहयोग पुग्नेमा क्यापिटलले विश्वास लिएको छ ।
संस्थाले ‘नवप्रवर्तन शुरुवाती पुँजी अनुदान सम्बन्धी कार्यविधि, २०७६’ तथा ‘नवप्रर्वतन शुरुवाती पुँजी अनुदान सम्बन्धी मापदण्ड, २०७७’ मा उल्लेख भए अनुसारको प्रस्ताव तयार गरिदिने सेवा संचालनमा ल्याएको हो । यस योजना अन्तर्गत नेपाल सरकार, राष्ट्रिय योजना आयोगले बैशाख २९ गते नवप्रवर्तन शुरुवाती पुँजी अनुदान प्रदान गर्ने सम्बन्धमा प्रस्ताव आव्हान गरेको थियो ।साथै, यस क्यापिटलबाट संस्थागत परामर्श सेवा लिने पहिलो केही ग्राहकहरुलाई निःशुल्क रुपमा उक्त सेवा उपलब्ध गराउने जानकारी गराएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी