
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विश्व महामारी कोरोनाभाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी तथा उपचारसम्बन्धी पूर्वाधार निर्माण गर्न पर्साको वीरगञ्ज महानगरपालिकाले सुरु गरेको अभियानमा १लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
एशियन लाईफ इन्स्योरेन्सले कोरोना संक्रमितको लागि एक लाख ४१ हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषका लागि उक्त सहयोग राशि उपलब्ध गराएको हो । कम्पनीका तर्फबाट प्रदेश २ का रामरुप सहनीले आइतबार वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीलाई सहयोग राशिको चेक हस्तान्तरण गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले यसअघि सातवटै प्रदेश सरकारको कोभिड रोकथाम तथा उपचार कोषमा ५र५ लाख रुपैयाँ गरी ३५ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्