×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एसिया बैंकका सम्पुर्ण कर्मचारीको कोरोना बीमा एभरेष्ट इन्स्योरेन्समा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एसिया बैंकका सम्पुर्ण कर्मचारीको कोरोना बीमा एभरेष्ट इन्स्योरेन्समा

Artha Sarokar

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा एभरेष्ट इन्स्योरेन्समा गरेको छ । विश्वभर फैलिएको कोराना महामारीको बेलामा पनि सेवामा खट्ने आफ्ना कर्मचारीहरुको स्वास्थ्य ध्यानमा राखि एनआईसी एशिया बैंक कर्मचारी संघको अग्रसर्तामा कोरोना बीमालेख जारी गरिएको हो ।
विश्वभर फैलिएको महामारीमा बैंक र कर्मचारीहरुको हितलाइ ध्यानमा राखि प्रगतिशील कर्मचारी संघ र व्यवस्थापकीय सम्बन्धको नमुना स्वरुप बिमा गरिएको एनआईसी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापाले बताए । उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बिमांक रकम प्राप्त गर्नेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी