
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लुम्बिनी विकास बैंक हरिनगरा शाखाले लकडाउनको कारण समस्यामा परेका गरिब तथा विपन्न वर्गलाई राहत वितरण गर्ने उद्देश्यले राहत सामग्री सहयोग गरेको छ। लुम्बिनी विकास बैंक हरिनगरा शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरिनगर गाउँपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले हरिनगर गाउँपालिकालाई ५० हजार बराबरको एक हजार केजी चामल खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
बैंकका हरिनगरा शाखाप्रमुख अशोक मेहताले उक्त राहत सामग्री हरिनगर गाउँपालिकाका प्रशासन अधिकृत सुजन ढुङ्गेललाई हस्तान्तरण गरेको छ ।देशमा लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुँदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मिल्ने विश्वास बैंकको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्