×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक लिमिटेडको सामाजिक कार्य : सहारा नेपाललाई खाद्यान्न सामाग्री हस्तान्तरण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंक लिमिटेडको सामाजिक कार्य : सहारा नेपाललाई खाद्यान्न सामाग्री हस्तान्तरण !

Artha Sarokar

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कुमारी बैंकको चन्द्रगढी शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘एकका लागि एक अभियान’का साथ झापाका क्वारेन्टाइनमा खाद्य सामग्री वितरण गर्दै आएको सहारा नेपाललाई खाद्यान्न सहयोग गरेको छ ।
बैंकले सहारा नेपालमार्फत संस्थालाई १ हजार किलो खाद्यान्न हस्तान्तरण गरेको हो । चन्द्रगढी शाखा प्रमुख उशितपा पाण्डेले सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेकी हुन् ।
कोरोनाको प्रकोपलाई फैलिन नदिन र क्वारेन्टाइन व्यवस्थापनलगायतका लागि सहयोग गरेको बैंकले जनाएको छ । लकडाउनको विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकलाई शाखा र एटिएममार्फत निरन्तर बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी