
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लकडाउनमा रहेको अवस्थामा पनि ग्राहकको बैंकिङ आवश्यकता परिपूर्ति गर्न खटिएका कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर महालक्ष्मी विकास बैंकले कोरोना बीमा गरिदिएको छ।
प्रतिकूल परिस्थितिमा बैंकले आफ्ना शाखाहरु सञ्चालनमा ल्याउँदै बैंकिङ सेवा प्रदान गरिरहेको छ। यस प्रतिकूल समयमा कार्यरत कर्मचारीको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको बीमा गरेको जनाएको छ। बैंकले कोभिड–१९ बाट भविष्यमा आइपर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउदै १ वर्षका लागि प्रत्येक कर्मचारीको कोरोना बीमा गरेको हो ।
देशका सहरी तथा ग्रामीण स्थानमा गरी १०२ वटा शाखा र ३५ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको बैंकमा ८ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्ण रुपमा पालना गर्दै सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ कारोबार गरी घरभित्रै बसेर कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्