×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको ५५ औँ दिन झनै सुनसान काठमाडौँ, १५ तस्विरमा हेर्नुहोस् काठमाडौँका सुनसान सडक (फोटो कथा)

PRIME CA

लकडाउनको ५५ औँ दिन झनै सुनसान काठमाडौँ, १५ तस्विरमा हेर्नुहोस् काठमाडौँका सुनसान सडक (फोटो कथा)

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लकडाउनको आज ५५ औं दिन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ५५ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लकडाउन आज ५५औं दिनमा प्रवेश गरेको हो । लकडाउनका कारण नेपाली जनजीवन प्रभावित बनेको छ । उपत्यकाका विभिन्न ठाउँमा सुरक्षाकर्मीले सवारीसाधनको चेकजाँचलाई कडाई गरेको छ ।

उपत्यकाका भित्रि गल्लिहरुमा समेत जथाभावी नहिड्न प्रशासनले निर्देशन दिएको छ । सरकारले उपत्यकामा टाइम कार्ड लागू गरी विभिन्न ४२ प्रकारका उद्योग व्यवसाय तथा सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि अहिले सरकारले उपलब्ध गराएका सम्पूर्ण पासहरु रद्द गरिएका छन् । अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधन भने सञ्चालन गर्न दिइएको छ । आज उपत्यकाका सडकहरु सुनसान देखिएका छन् ।

हेर्नुहोस् १० तस्विरमा काठमाडौँका सुनसान सडक 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: