
जताततै कोरोना महामारीको त्रास छ । सरकारले अत्यावश्यक सेवाका नाममा बैंक तथा वित्तीय संस्थाहरुका समित शाखाहरु खोलेको छ । तपाईंहरु पनि सकेसम्म बैंक नजाँदा नै बेश हुन्छ । किन कि बैंकमा कोरोनाको जोखिम अलि बढी नै छ । तर जानै परेको खण्डमा के गर्ने त ? यी कुराहरुमा ध्यान दिनुहोला ।
१) बैंकको ढोका सकभर आफै नखोल्नुहोस्, (गार्ड दाईलाई भन्नुहोस्) खोल्नै परे ढोकाको नयाँ ठाँउमा (हेन्डल बाहेक अन्य ठाँउमा ) समाएर ठेल्नुहोस् वा तान्नुहोस्।
२) बैंकमा राखिएको सेनिटाईजर हातका औँला, हत्केलामा मात्र होइन नाडीसम्म प्रयोग गर्नुहोस्।
३) यदि बैंकमा भीड देख्नुभयो भने, फर्कनुहोस । खाली भएपछिमात्र बैँकभित्र छिर्नुहोस्।
४) पालो छिट्टै आउँदैछ भने सकभर छुट्टै उभिनुहोस्, बैंकको बेन्च प्रयोग नगर्नुहोस्, गर्नै परेमा फराकिलो ग्यापमा बस्नुहोस्, बस्दै गर्दा हातले बेन्चको हेन्डल नछुनुहोस् । बैंकका हरेक कुरा छुनुभन्दा पहिला कोरोना हुन सक्छ भन्ने कुरा ध्यानमा राखी सावधानी अपनाउनुहोस् ।
चेक साट्न आउनु भएको छ भने:
५) सकभर चेक घरमै भरेर ल्याउनुहोस् । बैंकको भौचर डेक्सको प्रयोग नगर्नुहोसस् । गर्नै परे सावधानी अपनाउनुहोस् । प्रयोग पछि आफ्नो पालो कुर्ने बेलासम्म खल्तिमा चेक राख्ने, हातले आँखा मिच्नेजस्ता काम नगर्नुहोस् । हात बाहिरै राख्नुहोस्।
६) क्यासियरलाई चेक दिनुभन्दा पहिला चेकको पछाडि क्यासियरले देख्नेगरी दुईवटा हस्ताक्षर र मोबाईल नम्बर लेखेर दिनुहोस् । लेख्दा सकभर आफ्नै कलमको प्रयोग गर्नुहोस् । काउन्टर डेस्कलाई नछोई उभिनुहोस्।
७) Cashier ले पैसा गनेको हेर्नुहोस्, सकभर उसैसँग मनमनै गन्नुहोस् । मेसिनमा गनेको पैसाको संख्या डिस्प्लेमा हेर्नुहोस, ताकी पैसा गनीराख्नु नपरोस् ।
८) बैंकबाट जानुभन्दा पहिला फेरी सेनिजाईजर प्रयोग गर्नुहोस, ढोका आँफै नखोल्नुहोस् । पैसासँगै कोरोना आएको हुनसक्छ, सावधान रहनुहोस्।
क्यास डिपोजिट गर्न आउनुभएको छ भने :
५) भौचर डेक्समा जानुहोस, सकभर आफ्नै कलमको प्रयोग गरि पुर्ण सावधानका साथ भर्नुहोस । तपाईँ दैनिक जसो बैंकमा जानुहुन्छ भने अलिकति भौचर मागेर लैजानुस। घरमै वा अफिसमै भरेर ल्याउनुहोस। त्यसो गर्दा अर्को पटक सबैले प्रयोग गरिरहेको भौचर डेक्स प्रयोग गरिरहनु पर्दैन।
६) सकभर बैंकबाट फिर्ता पैसा लिनु नपर्ने गरि पैसा जम्मा गर्नुहोस्।
७) काउन्टर डेस्कलाई नछोई उभिनुहोस्।
बैंकबाट जानुभन्दा पहिला फेरी सेनिजाईजर प्रयोग गर्नुहोस्, ढोका आँफै नखोल्नुहोस् । भौचरसँगै कोरोना आएको त छैन, साबधान रहनुहोस् ।
सकभर डिजिटल कारोबार गरौँ । सुरक्षित रहौँ ।
सचेतनाका लागि सबैलाई सेयर गर्नुहोस्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्