×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्त वित्तीय संस्था तेस्रो त्रैमास : खुद नाफा १५.०८% बढ्दा अरु सूचकको अवस्था कस्तो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सामुदायिक लघुवित्त वित्तीय संस्था तेस्रो त्रैमास : खुद नाफा १५.०८% बढ्दा अरु सूचकको अवस्था कस्तो ?

Artha Sarokar

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले २ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो । संस्थाको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १५.०८ प्रतिशतले धेरै हो । सामुदायिकले गत वर्षको सोहि अवधिमा १ करोड ७९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउँदा संस्थाले ४० करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि क्रमशः १८% र १२.२७% ले बढेको वित्तीय विवरणमा उल्लेख छ ।  गत वर्ष ५ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो वर्ष बढाएर ६ करोड ३३ लाख रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि २ करोड ८२ लाख रुपैयाँबाट बढाएर ३ करोड १६ रुपैयाँ पुर्याउन सफल भएको छ । 
संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ९ करोड ३२ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ २२ पैसा रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी