×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तर्राष्‍ट्रिय मुद्रा कोषद्वारा नेपाललाई २६ अर्ब रुपैयाँ आर्थिक सहयोग

LAXMI SUNRISE BANK

अन्तर्राष्‍ट्रिय मुद्रा कोषद्वारा नेपाललाई २६ अर्ब रुपैयाँ आर्थिक सहयोग

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – अन्तर्राष्‍ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई करिब २६ अर्ब रूपैयाँ (२१ करोड ४० लाख अमेरिकी डलर) दिने भएको छ।
२४ वैशाखमा बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले नेपाललाई कोभिड-१९ महामारीले प्रभाव पारेको क्षेत्रमा खर्च गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
उक्त रकमले नेपालको भुक्तानी सन्तुलनमा सहयोग गर्ने अपेक्षा अन्तर्राष्‍ट्रिय मुद्रा कोषको छ । नेपाल सरकारले स्वास्थ्य खर्च बढाउन, वित्तीय प्रणालीमा पर्याप्त तरलता सुनिश्चित गर्न, ऋणको पहुँचमा सहज बनाउनका लागि अन्तर्राष्‍ट्रिय सहयोगी निकायहरूसँग आर्थिक सहायता माग गरिरहेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी