- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम अब इ सेवा र फोन पे मार्फत तिर्न सकिने भएको छ । अहिले इ-सेवा र फोन-पे मार्फत प्रिमियम तिर्न सकिने ब्यवस्था गरिएको र कनेक्ट आइपीएसमार्फत पनि तिर्न मिल्ने ब्यवस्था छिट्टै मिलाइने कम्पनीले जनाएको छ ।

यससँगै विमितले पोलिसी रिन्यु वापतको रकम डिजिटल भुक्तानी गर्न सकिने भएको हो । यस्तै, लकडाउनका बेला अहिलेसम्म १ करोड ८४ लाख रुपैया दाबी भुक्तानी गरिएको छ ।
लकडाउनका कारण कम्पनीका कार्यालयमा आएर दाबीको निवेदन दिन नसक्ने अवस्था रहेकाले इमेल मार्फत निवेदन लिएर डिजिटल भुक्तानी मार्फत रकम उपलब्ध गराएको नेशनल लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्