×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध लड्नका लागि ५ अर्ब ९५ करोड रुपैयाँ सहयोग गर्ने

LAXMI SUNRISE BANK

अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध लड्नका लागि ५ अर्ब ९५ करोड रुपैयाँ सहयोग गर्ने

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं – अमेरिकाले नेपाललाई ५ अर्ब ९५ करोड रुपैयाँ आर्थिक सहयोग दिने भएको छ । अमेरिकी सरकारले कोरोेनाविरुद्ध लड्नका लागि साे रकम दिने बताइएकाे छ ।
अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीका अनुसार उक्त आर्थिक सहयोग नेपालले एक वर्षका लागि पाउने भएको हो । नेपाल-अमेरिका पत्रकार संघले आयोजना गरेको जुम भिडियो कन्फ्रेन्समा कार्कीले अमेरिकासँग कोरोनाका बिरामीलाई श्वासप्रश्वावमा सजिलो हुनसक्ने भेन्टिलेटर भने अनुरोध नगरिएको बताए ।
कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको नेपालीको संख्या १४ रहेको तथ्यांंक दूतावासलाई प्राप्त भएको पनि कार्कीले बताए । मृतकको उक्त संख्यामा नेपाली मूलका अरू देशबाट आएर अमेरिकी भइसकेका नेपालीहरू पनि रहेको उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी