×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाईफ इन्स्योरेन्सले गर्यो एक करोड ८४ लाख रुपैयाँ पूर्णावधि दावी भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेशनल लाईफ इन्स्योरेन्सले गर्यो एक करोड ८४ लाख रुपैयाँ पूर्णावधि दावी भुक्तानी

Artha Sarokar

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूर्णावधि दावी वापत १ करोड ८४ लाख ४१ हजार ९८५ रुपैयाँ रकम बीमितलाई भुक्तानी गरेको छ । लकडाउनको अवधिमा डिजिटल माध्यमबाट विविध बीमासेवा उपलब्ध गराउँदै आएको यस कम्पनीले सो अवधिमा उक्त रकम भुक्तानी गरेको हो ।
कम्पनीले डिजिटल प्रविधिवाट बीमाशुल्क भुक्तानी लिने र बीमितलाई अन्य सेवा सुविधा समेत उपलब्ध गराइरहेको छ ।
कम्पनीले आफ्नो सम्पूर्ण कर्मचारीहरुको कोरोना (कोभिड १९) रोग वापत एक वर्षको लागि बीमा गरेको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जानकारी गराएका छन् । सो रोग लागेको पि.सि.आर. प्रविधिवाट प्रमाणित भएमा तुरुन्त बीमाङ्क रकम प्रदान गर्ने व्यवस्था रहेको छ ।
यसवाट कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोवल उच्च हुने र ब्यवसायमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी