- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ।
ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखेर बैंकले हालको लकडाउनको अवस्थामा पनि मेरो किरानामा गरिएको अर्डरका लागि सनराइज बैंकको क्यूआर कोड प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्नेछ।
वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौता गरिएको बैंकले जनाएको छ। घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधाको उपभोग गर्न बैंकले ग्राहकलाई आग्रह गरेको छ। बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिएम नेटवर्क, अनलाइन बैंकिङ सेवाका साथै केही नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्