- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं – नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले अति विपन्न परिवारलाई हालसम्म ४८ लाख रूपैयाँ बराबरको खाद्यान्न वितरण गरेको छ ।
संस्थाले स्थानिय निकायहरुको समन्वयमा हालको विपद अवस्थामा दैनिक दुई छाक टार्न पनि समस्यामा परेका अति विपन्न ५१०३ घर परिवारहरुलाई साे बराबरको खाद्यान्न वितरण गरेको हाे । खाद्यान्न वितरण अन्तर्गत संस्थाले प्रति परिवारहरुलाई १५ केजी चामल, १ केजी दाल, १ केजी नुन र १ प्याकेट खाने तेल उपलब्ध गराएको छ ।
संस्थाले स्थानिय निकायहरुको समन्वयमा हालको विपद अवस्थामा दैनिक दुई छाक टार्न पनि समस्यामा परेका अति विपन्न घर परिवारहरुलाई साे बराबरको खाद्यान्न वितरण गरेको हाे । खाद्यान्न वितरण अन्तर्गत संस्थाले प्रति परिवारहरुलाई १५ केजी चामल, १ केजी दाल, १ केजी नुन र १ प्याकेट खाने तेल उपलब्ध गराएको छ ।
संस्थाकाे मुख्य कामहरू कर्जा ,वचत ,बीमा,रेमिट्यान्स रहेतापनि संस्थाले सामािजक उतरदायित्व अन्तरगत हाल विश्व व्यापी काेभिड १९ ले प्रभावित संस्थाकाे ४७ जिल्लाहरू अन्तरगतकाे ६५ वटा शाखा कायार्लयहरूमा आवद्द रहेका ९० हजार घरधुरी अन्तरगत ५१०३ जनालाई राहत वितरण गरिएकाे साे संस्थाले जनाएकाे छ । संस्थाकाे हालसम्म ६५ शाखा,९० हजार सदस्य,कर्जा लगानी ७ अर्ब २५ कराेड र वचत १ अर्ब ६० कराेड रूपैयाँ रहेकाे साे संस्थाले जनाएकाे छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्